

काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो ।
सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ । परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालले एचपिभी खोप २०६५ भदौ २० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीका लागि दिइने जानकारी दिनुभयो । उहाँले सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप रकम भएर पनि किन्न सक्ने अवस्थामा नरहेको भन्दै नेपाललाई खोप सहयोग गर्दै आएको गाभीलाई थप खोपका लागि आग्रह गरिएको बताउनुभयो ।
उहाँले सन् २०२४ सम्ममा लक्षित वर्गसम्म पु९याइने जानकारी दिँदै त्यसका लागि सरकार व्रिmयाशील रहेको बताउनुभयो । खोप शाखा प्रमुख डा। अभियान गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको जानकारी दिँदै सिकोलिन ब्रान्ड नेममा उत्पादित एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता प्रदान गरेको खोप भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो ।
उहाँले उक्त खोप कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेश प्रदेशको नारायणी अस्पताल वीरगन्जमा, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौँमा, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज बाँकेमा, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा तोकिएको जानकारी दिनुभयो ।
सबैभन्दा पहिले भदौ २७ गते स्वास्थ्यमन्त्री मोहन बस्नेतले थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट खोपको शुभारम्भ गर्नुहुने छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७