

काठमाण्डौ । नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ ।
यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी रहेका नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९औँ अभ्यास भइसकेको छ ।
संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाण्डौ आएको हो ।
नेपाली सेनाले अमेरिकाका साथै बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सेनासँग संयुक्त तालिम र अभ्यास गर्दै आएको छ । सैन्य र प्राविधिक क्षमताका हिसाबले अगाडि रहेका देशका सेनासँगको तालिमले उनीहरुको ज्ञान नेपाललाई हस्तान्तरण हुने रथी भण्डारीले बताए।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७