

काठमाडौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता ५० रुपैयाँ अंकित दरका २४ लाख २७ हजार ७५० कित्ता आईपीओ सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।
कम्पनीको सेयरमा आज भदौ २१ गते बिहीबारदेखि भदौ २५ गते सोमबारसम्म आवेदन दिन पाइनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ । आईपीओमा न्यूनतम २० देखि २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५० रुपैयाँ अंकित दरका २९ लाख २५ हजार कित्ता आईपीओ ल्याउन अनुमति पाएको थियो ।
कुल कित्तामध्ये कम्पनीले१० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । यसैगरी २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७