

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ।
अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो। अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टरसमेत थप गरी सञ्चालनमा ल्याएको छ।
स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टरसमेत थप गरेको छ। अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनि रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको बताए।
उनले मुलुकको एकमात्र महिला स्वास्थ्यसम्बन्धी केन्द्रीय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको बताए।
निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९/८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गरे।
स्वास्थ्यबाट थप समाचार
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
विश्व खोप सप्ताह प्रारम्भ
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७