TRENDING
होमपेज
ब्राजिलमा समुद्री आँधीका कारण २२ जनाको मृत्यु


काठमाडौं । ब्राजिलको दक्षिणी क्षेत्रमा शक्तिशाली चक्रवात समुद्री आँधीका कारण भीषण वर्षा र बाढी आउँदा २२ जनाको मृत्यु भएको छ। सयौँ मानिस विस्थापित भएका छन्।
मंगलबार तटीय क्षेत्रमा ठोक्किएको उक्त आँधीका कारण देशको दक्षिणी राज्य रियो ग्रयाण्ड डो सुल सबैभन्दा बढी प्रभावित भएको छ। उक्त राज्यमा मात्र २१ जनाले ज्यान गुमाएका छन्।
बाढीको पानी घट्दै जाने क्रममा थप शवहरु प्राप्त हुन सक्ने अधिकारीहरुले बताएका छन्। गर्भनर एडुआर्डो लेटेले राज्यका करिब ६० वटा सहर आँधी र बाढीले प्रभावित भएको बताएका छन्।
यस्तै छिमेकी राज्य सान्टा क्याटारिनामा थप एक जनाले ज्यान गुमाएको रोयटर्सले जनाएको छ। यो आँधी जलवायु परिवर्तनका कारण भएको विज्ञको भनाइ छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७