TRENDING

महानगर क्रिकेट रंगशाला बनाउँन तयार छ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगर क्रिकेट रंगशाला बनाउन तयार रहेको बताएका छन् ।
सोमबार नेपाल र भारतबीच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका हुन् ।

उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।

नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगका थिए । मेयर बालेनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड हुन सक्ने उल्लेख गरेका छन् ।