

काठमाडौं । ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो ।
२०८० भदौ १८ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका आइएमई ग्रुपका अध्यक्षसमेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सो बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयबाट क्यास तथा चेक सेवाका लागि नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका हुन् ।
ग्राहकको समस्यालाई बुझेर चेक जम्मा गर्ने मेसिनको व्यवस्था गरेको बताएका गरिएको उनले बताए । यो सुविधा भएपछि बचत र लाईन बस्नु पर्ने झन्झटबाट मुक्त हुने उनको विश्वास छ ।
उनले भने,‘ग्राहकलाई छिटो भन्दा छिटो सेवा दिने उदेश्यले चेक जम्मा गर्ने मेसिन मार्फत सुरुवात गरेका छौँ । यसले आम ग्राहकलाई सेवा दिने र बैंकको काउन्टरमा भिड लाग्नबाट र समय बचाउन मदत गर्छ । ’
बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७