

काठमाडौं । नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा स्थान बनाएको छ।
लगातार चार खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। चौथो जित निकाल्ने क्रममा नेपालले आज कतारलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको बांगीमा कतारले दिएको ७५ रनको विजयी लक्ष्य नेपालले १० औं ओभरमा भेट्टायो।
नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन्। उनले २८ बल खेल्दै ३२ रन बनाएकी थिइन्। अर्की ओपनर सिता रानामगर १७ रनमा नआउट रहँदा इन्दु बर्मा पनि २० रन बनाउँदै क्रिजमा रहिन्।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन्। ४४ बल खेलेकी उनी इन्दू बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन आउट भइन्। कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइन्। कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दू बर्माले ३ विकेट लिइन भने पुजा महतो र कविता जोशीले एक एक विकेट लिए।
लगातार चौथो जित निकालेको नेपालले ८ अंक भएको छ। कतार चारै खेलमा पराजित हुँदै बाहिरिएको छ। आइतबार भएको भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७