

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिए । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ ।
“हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ”, तिवारीले भने– “खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुनसक्ने आशङ्का गरिएको छ ।”
गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारीबाट तथा अन्य प्राकृतिक कारणले मरेका हुन् । साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो । वर्षात्को समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ । यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ । यससँगै सुरक्षा निकाय र निकुुञ्जका कर्मचारीले एक दुई दिन विभिन्न ठाउँमा पुगेर राति बसेर गस्ती गर्ने गरिन्छ ।
निकुञ्जभित्र ६७ पोष्ट छन् । निकुञ्जका निमित्त प्रमुख राजु घिमिरेका अनुसार ती पोष्टबाट वरपरका क्षेत्रमा गस्ती गर्ने गरिन्छ । कतिपय पोष्टमा नेपाली सेना, निकुञ्जका कर्मचारी र हात्ती छन् भने कतिपयमा सेना र हात्ती मात्रै छन् । वर्षात्को समय भए पनि गस्तीलाई निरन्तरता दिइएको उनले जानकारी दिए । निकुञ्जका सबै भूभागमा निगरानी हुनेगरी गस्ती गर्ने कार्य भइरहेको घिमिरेको भनाइ छ । गाडी नचल्दासमेत नियमित गस्ती गर्ने गरिन्छ ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७