

काठमाडौं । आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गरिरहेको छ ।
नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् । नेपालको लागि आज रुबी पोदारले डेब्यु गरेकी छन् ।
सुदूरपश्चिमबाट खेल्दै आएकी रुबीले पहिलो पटक नेपाली टिममा स्थान बनाएकी हुन् । उनले नियमित विकेटकिपर काजोल श्रेष्ठलाई प्रतिस्थापन गरेकी हुन् । यसै प्रतियोगिताको लागि पहिलो पटक टिममा परेका स्पिनर खुसी ढंगोल र पूजा महतोले भने यसअघि नै नेपालका लागि डेब्यु गरिसकेका छन् । आजको पहिलो रोजाइको टिममा तीनै नयाँ खेलाडी एकै साथ सेटमा देखिनेछन् ।
नेपालको प्लेइङ ११ :
रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, अस्मिना कर्मचार्य, इन्दु बर्मा, बिन्दु रावल, पुजा महतो, सम्झना खड्का, रुबी पोदार, खुसी ढंगोल, कविता कुवँर र कविता जोशी
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७