TRENDING
होमपेज
शङ्कास्पद वस्तु भेटिएपछि बन्द भएको आँबुखैरेनी–गोरखा सडक खुल्यो


गोरखा । गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि आँबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत खुलाइएको छ ।
आज बिहान झन्डै ५ बजे सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला पारेपछि सडक बन्द गरिएको थियो । प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएको थियो ।
केहीबेर अघिदेखि सडकमा यातायात सञ्चालनमा आएको एसपी अनुपम श्रेष्ठले बताउनु भएको छ । शङ्कास्पद वस्तु कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७