TRENDING
होमपेज
बुढिगण्डकी नदिले बगाउँदा धादिङका एक जना शिक्षक बेपत्ता


धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१३ का बासु तिमल्सिना बुढिगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ नरसिंह धाममा दर्शन गर्न गएका तिमल्सिना नदीमा पौडी खेलेर नुहाउने क्रममा बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रका अनुसार पौडी खेल्दै साथीहरुसँग पालैपालो भिडियो बनाउँदै गर्दा एक्कासी नदीमा बेपत्ता भएका हुन् ।
अहिले प्रहरी, स्थानीयहरुले खोजी गरिरहेका छन् । स्थानीय स्तरमा पाइने डोरी र ट्युवको सहायताले नदीमा खोजी भइरहेको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिए।
खोजी कार्यका लागि सदरमुकाम धादिङबेसीबाट सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलतर्फ जादैछ । बेपत्ता भएका तिमल्सिना नीलकण्ठ नगरपालिका–१३ स्थित पञ्चकन्या माध्यामिक विद्यालयका शिक्षक हुन्।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७