

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टिमले विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।
कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरिन् । यस्तै, सीता रानागमरले दुई रन बनाइन् र नेपाल २।५ ओभरमा विना कुनै विकेटको क्षति जितसम्म पुगेको थियो । नेपालकी कविता कुवँर र सीता राना मगरले क्रमश १७ र २ रन बनाएका थिए । खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो ।
यसअघि खेलमा टस जितेर ब्याटिङ गरेको बहराइनले १५।४ ओभरमा ३१ रन बनाउँदै अल आउट भएको थियो ।त्यसमा रसनगिका हेराथले ११ रन बनाइन् र उनी नै दोहोरो अंक छुने एक मात्र ब्याटर रहिन् ।
खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एकरएक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७