

काठमाडौँ । स्वास्थ्यविज्ञहरूले यस वर्ष डेंगीको जोखिम कात्तिक महिनासम्म रहने बताएका छन् । दुई महिनाअघिको संक्रमणको अवस्थाअनुसार हाल धेरै फैलावट नदेखिए पनि ‘खोज र नष्ट गर’ लगायत अभियानलाई निरन्तरता दिन उनीहरूको सुझाव छ ।
यो वर्ष हालसम्म मुलुकभर देखिएको कुल संक्रमणको ५४.२५ प्रतिशत सुनसरीमा देखिएको छ । कोशी प्रदेशमा मात्रै ७६.१० प्रतिशत संक्रमण फैलिएको छ । ७५ जिल्लामा देखिएको डेंगीका कारण १३ जनाको मृत्यु रेकर्ड गरिएकामा १० जना धरानका मात्रै छन् । यो वर्ष सुनसरीपछि कुल संक्रमणको १०.९ प्रतिशत मोरङमा, १० प्रतिशत धादिङमा, ६.४ प्रतिशत झापामा देखिएको छ ।
गत वर्ष अगस्टमा देशभरमा ३ हजार ७ सय ८ जनामा संक्रमण देखिएकोमा यस वर्षको अगस्ट २९ सम्म १२ हजार ७ सय ९६ मा संक्रमण देखिएको छ । गत वर्ष सबैभन्दा बढी सेप्टेम्बरमा २७ हजार ५ सय २९ संक्रमण देखिएर क्रमशः कम हुँदै डिसेम्बरमा ४ सय ८३ केसमा पुगेको थियो । २०२२ मा जम्मा ५४ हजार ७ सय ८४ मा संक्रमण देखिँदा ८८ जनाको ज्यान गएको थियो ।
‘विभिन्न तथ्यांक विश्लेषण गर्दा गत वर्ष जस्तै प्रवृत्ति यो वर्ष नदेखिने सम्भावना पनि छ । दुई महिनाअघिको केसको ट्र्र्न्डे हेर्दा खासै बढेको छैन,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी का कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालले भने । उनका अनुसार डेंगीको जोखिम कात्तिक अन्तिम सातासम्म कायमै रहने सम्भावना छ ।
गत वर्ष मुलुकभर कुल डेंगीको ५५ प्रतिशत काठमाडौं उपत्यका र २५.७७ प्रतिशत काठमाडौं जिल्लामा देखिएको थियो भने यस पटक यहाँ फाट्टफुट्ट संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा देशभर देखिएको कुल संक्रमणको ३.५५ प्रतिशत र काठमाडौंमा मात्रै २.०५ प्रतिशत देखिएको हो ।
यो वर्ष हालसम्म काठमाडौंमा ४ सय २५, ललितपुरमा १ सय ७४ र भक्तपुरमा १ सय ३४ मा संक्रमण देखिएको छ । डा.दाहालका अनुसार धरान, कोशी प्रदेशलगायत अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीको तथ्यांकसमेत काठमाडौं उपत्यकामा रेकर्ड गरिएको छ ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७