TRENDING

साढे ११ लाख सेवाग्राही लाइसेन्स पर्खिरहेका बेला छपाइ बन्द

काठमाडौँ । चितवन घर भई काठमाडौं बस्दै आएका मनोज चौधरीले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नवीकरण गर्न दिएको एक वर्षभन्दा बढी भयो । वर्षमा चारचोटि जोरपाटीस्थित यातायात कार्यालय पुग्छन् तर अहिलेसम्म नवीकरण गरेको लाइसेन्स हात पर्न सकेको छैन ।

‘राजस्व तिरेको रसिद मात्र कति बोकेर हिँड्नु, च्यातिने डर पनि उत्तिकै छ,’ उनले भने, ‘कर्मचारीले लाइसेन्स छापिएर आएको छैन भन्दै फर्काउँछन् । अझै कतिन्जेल पर्खनु  चौधरीजस्ता साढे ११ लाख सेवाग्राही लाइसेन्सको प्रक्रियामा छन् ।

यातायात व्यवस्था विभाग स्रोतका अनुसार २०२२ अगस्ट ९०७९ भदौ० देखिको कार्ड प्रिन्ट हुन बाँकी छ । उनीहरूले लाइसेन्स पाउन झन् ढिलो हुने भएको छ, किनकि दुई महिनादेखि स्मार्ट लाइसेन्सको छपाइ पूर्ण रूपमा बन्द छ । छपाइ खुलेपछिको झन्डै एक वर्षपछि मात्रै सेवाग्राहीले लाइसेन्स पाउनेछन् । ‘प्रिन्ट गर्ने कार्ड नै सकियो, अब सूची झन् थपिन्छ,’ एक अधिकारीले भने, ‘कार्ड हुँदासमेत दुई सिफ्टमा प्रिन्ट हुन्थ्यो । मेसिन बिग्रेपछि प्रिन्टको काम बन्द छ ।’

मेसिनले दिनमा ४४ सय थान कार्ड प्रिन्ट गर्ने क्षमता राख्छ । तर दिनमै ६ हजारदेखि ७ हजारसम्मको माग छ । विभागले लाइसेन्सको मागअनुसार प्रिन्टसमेत गर्न सक्दैन । विभागले लाइसेन्स छापेर प्रदेशअन्तर्गतका यातायात कार्यालयमा पठाउँछ । त्यस्ता कार्यालयको संख्या उपत्यकामा सहित ४७ छ । दैनिक सेवाग्राहीले लाइसेन्स कहिले आउँछ भन्दै सोध्ने गरे पनि विभागबाट छापिएर नआएकाले वितरण गर्न नसकिएको सम्बन्धित यातायात कार्यालय बताउँछन् । विभागका अनुसार जर्मन कम्पनी म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले कार्ड समयमै डेलिभरी नगर्दा छपाइ प्रभावित भएको हो । उक्त कम्पनीले १९ करोड ८८ लाख १४ हजार रुपैयाँमा कार्ड आपूर्ति ठेक्का लिएको छ ।