

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा प्रहरीले मङ्गलबार अवैद्य २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । बीपी राजमार्ग हुँदै विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च १०६९ नम्बरको नीजि कार खनियाखर्क प्रहरी चौकीले चेक गर्ने क्रममा उक्त चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विराटनगर महानगरपालिका–५ बस्ने २५ वर्षीय रोहितकुमार यादवले चलाई ल्याएको नीजि कारबाट उक्त चाँदी बरामद गरिएको हो । उक्त कार्यमा संलग्न भएको अभियोगमा कारचालक यादव र सोही गाडीमा सबार सप्तरी जिल्ला राजविराज नगरपालिका–८ घर भई हाल विराटनगर महानगरपालिका–४ निवासी ३७ वर्षीय शेचन मानन्धरसहित कारलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले कारको चालक पछाडीको सिटमुनी चार वटा सेतो प्लाष्टिकको पोकामा लुकाईछिपाई ल्याएको उक्त चाँदीको मूल्य २४ लाख ६१ हजार ७६० रुपियाँ खुल्न आएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७