

काठमाडौं । गर्भावस्था खुसीसँगै तनावको समय पनि हो । पेटमा हुर्किरहेको शिशुको प्रतीक्षाले मनलाई जति रोमाञ्चित बनाउँछ, सँगै शिशुको स्वास्थ्य कस्तो होला भनेर तनाव पनि भइरहेको हुन्छ ।
सबै गर्भवती महिलालाई देखिने तनाव एकै खालको हुँदैन । कुन अस्पताल वा स्वास्थ्यचौकीमा जाँच गराउने, कसलाई जँचाउने, डेलिभरी कसरी हुन्छ रु शिशु सुरक्षित हुन्छ कि हुँदैन बच्चा जन्मिंदा स्वास्थ्य अवस्था कस्तो होला रु डेलिभरी सामान्य तवरले हुन्छ कि शल्यक्रिया गर्नुपर्ने हुन्छ बच्चालाई केही समस्या देखिन्छ कि गर्भ खेर जान्छ कि भन्ने अनेक तनावले गर्भवती महिलालाई घेरिरहेको हुन्छ ।
यसबाहेक गर्भावस्थामा पारिवारिक, आर्थिक, अफिसको चिन्ता हुने गाइनोकोलोजिस्ट डा। बालकृष्ण शाह बताउँछन् । ‘जस्तै एकल परिवारमा कसले हेर्छ वा स्याहार गर्छ रु भन्ने तनाव हुन्छ भने संयुक्त परिवारमा राम्रो पोषणयुक्त खानेकुरा खान पाउँछु कि पाउँदिन भन्ने जस्ता तनाव हुन्छ,’ उनी भन्छन् ।
आजभोलि प्रायस् सबै जना कामकाजी हुने भएकाले कार्यालय र कामको तनावले सताइरहेकै हुन्छ । त्यसमाथि तलबबाट आएको निश्चित पैसाले बच्चा जन्माउने बेलामा कुनै जटिल अवस्था आएमा कसरी व्यवस्थापन गर्ने भन्ने तनाव पनि मुख्य रुपमा देखिने गर्छ ।
अझ अहिले ग्रामीण क्षेत्रमा धेरै युवा विदेशमा हुन्छन् । यस्तो बेला गर्भवती महिला श्रीमानको प्रत्यक्ष साथ र सहयोगबाट बञ्चित हुन पुग्छन् । जसकारण एक्लोपनका कारण उनीहरुमा तनावले सताउँछ ।
गर्भावस्थामा थाइराइड, मधुमेह, प्रेसर बढ्ने समस्या हुन सक्छ । यस्तो समस्या देखिंदा तनाव थप बढ्ने डा। शाह बताउँछन् । यसबाहेक ‘अनप्लान बेबी’ रहन गएमा पनि तनाव हुन सक्छ ।
तनावका कारण सुरुको दुई(तीन महिना कसैकसैलाई बान्ता हुने, खाना नरुच्ने, अस्पताल भर्ना हुनुपर्ने, पेट दुखिरहने समस्या हुन्छ । गर्भावस्थामा हार्मोन परिवर्तन हुँदै जाने भएकाले दुई–तीन महिनादेखि नै महिलामा तनावको समस्या हुन्छ ।
गर्भावस्थामा तनाव लिंदा शिशुमा कस्तो असर पर्छ
गर्भावस्थामा तनाव लिंदा गर्भमा रहेको शिशुलाई प्रत्यक्ष रुपमा असर गर्ने डा। शाह बताउँछन् । ‘गर्भवती महिलामा चरण अनुसार फरक पर्छ । गर्भ रहेको १० हप्तामा शिशुको शारीरिक अंगको विकास हुने गर्छ । यसबेला बढी तनाव लिएमा शिशुको शारीरिक विकासमा समस्या आउन सक्छ,’ उनी भन्छन् ।
त्यस्तै गर्भवती भएको तीन महिनापछि शिशुको बौद्धिक वृद्धि विकास हुने भएकाले यसबेला बढी तनाव लिएमा बौद्धिक विकास ढिलो हुने उनी बताउँछन् । जस्तै, ढिलो बामे सर्ने, ढिलो हिंड्न सुरु गर्ने, ढिलो बोल्ने, ढिलो बुझ्नेलगायत सबै क्रियाकलाप सामान्य शिशुको भन्दा ढिलो हुने अध्ययनबाट पुष्टि भएको डा। शाह बताउँछन् ।
अमेरिकी स्वास्थ्य विभाग र मानव सेवा राष्ट्रिय स्वास्थ्य संस्थानमा अध्ययन अनुसार उच्च तनावले उच्च रक्तचापको जोखिम हुन सक्ने देखाएको छ । यसले शिशु अवधिभन्दा पहिला जन्मिने र कम तौल भएको शिशु जन्मिने जोखिम हुन्छ । त्यस्तै उच्च तनावले गर्भ खेर जाने समेत हुन सक्छ ।
‘तर यो कुरा कुनै अध्ययनमा प्रमाणित नै भएको चाहिं होइन,’ डा। शाह भन्छन्, ‘बरु कामको लोडका कारण भने गर्भ खेर जान सक्ने बढी भएको र अध्ययनले देखाएको छ ।’
सीएनएनमा प्रकाशित मेडिकल जर्नल जामा ओपन नेटवर्कको अध्ययन अनुसार गर्भावस्थामा तनावका कारण शिशुको विकासमा प्रत्यक्ष असर पर्ने देखाएको छ ।
कसरी व्यवस्थापन गर्ने
गर्भावस्थामा तनाव धेरै भएमा मनोचिकित्सक वा गाइकोलोजिस्टसँग छलफल गर्नुपर्ने डा। शाह सुझाउँछन् । साथै मानसिक तथा आर्थिक रुपमा सक्षम भएर मात्र गर्भाधारण गरेमा तनाव केही कम हुन सक्ने उनी बताउँछन् । यसबेला विशेषगरी जीवनसाथीको साथ र सहयोग महत्वपूर्ण हुन्छ ।
बाल मनोचिकित्सक डा। अमित झा भन्छन्, ‘मानिसलाई जहिले पनि तनाव हुन्छ तर गर्भावस्थामा हार्मोनमा परिवर्तन हुने र शारीरिक परिवर्तन हुनाले यसबेला अझ बढी तनाव थुप्रिने हुन्छ । झन् यसबेला परिवारको साथ सहयोग भएन, झैझगडा हुने तथा एक्लै सबैथोक गर्नुपर्ने अवस्थामा तनाव बढी हुन्छ । यसले भविष्यमा डिपे्रसन र एन्जाइटी हुने सम्भावना हुन्छ ।’
यसलाई नियन्त्रण वा व्यवस्थापन गर्न रियाक्स सेसन आराम दिने व्यायाम गर्न सकिने डा। झा सुझाउँछन् । ‘बिस्तारै लामो सास तान्ने र फाल्ने, मनलाई शान्त गर्ने व्यायाम, हिंडडुल गर्ने, प्रशस्त पानीको सेवन गर्ने, सन्तुलित भोजन, योग, ध्यान गर्न सकिन्छ । यसले शारिरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ रहन सकिन्छ,’ उनी भन्छन् ।
गर्भावस्थामा तनाव कम गर्न आफूलाई मनपर्ने संगीत सुन्ने, उत्प्रेरणामूलक, आध्यात्मिक पुस्तक पढ्ने र प्रेरक भिडियो वा अडियो हेर्न(सुन्न सकिने डा। बताउँछन् । मनमा लागेका कुरा परिवारको सदस्य वा मिल्ने साथीलाई खुलेर गर्ने, एक्लैभन्दा पनि समूहमा बस्ने गरेमा यसबेला उत्पन्न हुने तनावलाई न्यून गर्न सकिने उनी बताउँछन् ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७