

काठमाडौँ । पावर चाइनाले बनाउने भनिएको ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको सम्झौता रद्द गर्नुपर्ने चरणमा पुग्दा पनि सरकारले अवधि लम्ब्याएको छ । सो आयोजनामा सरकारले हालसम्मको विकासक्रमको समीक्षा गर्दै सुझाव पेश गर्न भनी उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको ५५औं बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री दाहालको आगामी चीन भ्रमणलाई ध्यान दिइँदै यस्तो निर्णय भएको हो । बैठकले हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि बोर्डको ५४ औं बैठकले आयोजना बनाउने कि नबनाउने विषयमा स्पष्ट पार्न पावर चाइनालाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
सो कम्पनीले आयोजनामा नेपाली पक्षले सहयोग नगरेको आरोप लगाउँदै जवाफ दिएको थियो । वि. सं. २०७६ मा पावर चाइना र नेपाली कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएल बीच संयूक्त कम्पनी स्थापना गरी आयोजना बनाउने सम्झौता भएको थियो । ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पर्ने ७५६ मेगावाट क्षमताको यो आयोजनाको जिम्मा पाएका कम्पनीले ३ वर्षसम्म बनाउने छाँट नदेखाएपछि एचआईडीसीएलले सम्झौता तोड्नका लागि लगानी बोर्डलाई आग्रह गरेको थियो ।
२ महिनाको म्याद राखेर उच्चस्तरीय समिति गठन गरी समितिको प्रतिवेदन पश्चात बाँकी कुरा अगाडि बढ्ने निर्णय भएको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । त्यस्तै बैठकले चार वटा जलविद्युत् परियोजनाहरूः रोल्वालिङ खोला २२ मेगावाट, छुजुङ्ग खोला ६३ मेगावाट, दाना खोला ४९.९५ मेगावाट र सानीभेरी जलविद्युत् परियोजना ४४.५२ मेगावाट का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता पीडीए को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन हुने भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७