

काठमाडौँ । साताको अन्तिम दिन नेप्से सूचक ३१ अंकले घटेर बन्द भएको छ । अघिल्लो तीन दिन लगातार बढेको नेप्से सूचक बिहीबार ३१ अंकमाथिले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३१.५२ अंकले घटेर २ हजार १३.९३ अंकको विन्दुमा ओर्लिएको छ भने १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.९२ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक २.५० प्रतिशतले, डेभलपमेन्ट बैंक २.२३ प्रतिशतले, नन् लाइफ इन्स्योरेन्स २.२२ प्रतिशतले र लाइफ इन्स्योरेन्स २.१४ प्रतिशतले घटेका छन् । अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।
आज पनि कुथेली बुखाहारी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको भने मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घट्न पुगेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७