

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.४७ अंकले वृद्धि हुँदा २०४५.४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।
गत सोमबार २ महिनापछि २ हजारको विन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो । मौद्रिक नीतिपछि निराश लगानीकर्ता १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बढ्दा थप निराश भएका थिए । जसले गर्दा मौद्रिक नीति सार्वजनिक भएको ७ साउनमा २२२७ को विन्दुसम्म पुगेको नेप्सेमा करिब २३० अंकको गिरावट भयो । तर, मंगलबारदेखि भने नेप्से पुनः बढ्न सुरु भएको छ ।
नेप्सेको सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर क्षेत्रले सोमबार बजारलाई लिड गरेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.७४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.१६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले वृद्धि भएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यो साताको लगातार ३ कारोबार दिन डेढ अर्बबाट तल झरेको कारोबार रकम बुधबार भने बढेर डेढ अर्ब नाघेको छ ।
बुधबार नेप्सेमा ४४ हजार ३४० वटा कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५१ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५८ लाखको कारोबार हुँदा सोल्टी होटलको ७ करोड ६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाखको सेयर कारोबार भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७