

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान गरेको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको हो ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलंका बंगलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलंकामा खेल्नेछ ।
नेपाल र पाकिस्तानबीचको पहिलो खेल भदौ १४ गते हुनेछ भने दोस्रो खेल भारतसँग हुनेछ । नेपाल र भारतबीचको खेल भने भदौं १८ गते श्रीलंकामा हुनेछ ।
एसिया कप अगाडि नेपाली टोलीले पाकिस्तानको कराचीमा अभ्यास खेल खेल्नेछ । नेपाली टोलीले आगामी भदौ ९ सम्म त्यहाँ प्रशिक्षण र स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७