

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँग पनि विद्युत व्यपार गर्ने योजना रहेको बताएका छन् । मंगलबार भरतपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमणको बारेमा जानकारी दिँदै चीनतिर पनि व्यापारका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी गरिरहेको बताए ।
केही समयपछि म चीन भ्रमणमा जाँदैछु । चीनतिर पनि व्यापार गर्नका लागि अन्तर्राष्ट्रिय प्रसारण लाइन बनाउने तयारी हामीले गरिरहेका छौं, प्रधानमन्त्री दाहालले भने । यस्तै आफू भारत भ्रमणमा जाँदा भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौता भएको उनले बताएका थिए । भारत, नेपाल र बंगलादेशबीच त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेका कारण बंगलादेशसँग पनि विद्युत व्यापार गर्ने बाटो खुलेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
हाम्रो विद्युत उत्पादन क्षमता राम्रो छ । तर आउँदो २५/३०/४० वर्षसम्म देशभित्रै खपत गर्न धेरै नै कठिन छ । त्यसैले बढी भएको विद्युत अन्तरदेशीय व्यपार गर्न आवश्यक छ, प्रधानमन्त्री दाहालले भने ।
भरतपुर आँपटारीमा निर्माण भएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा मर्स्याङ्दी करिडोरको न्यु भरतपुर २२०र१३२ केभी सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७