TRENDING
होमपेज
प्रतिनिधिसभाको बैठक बुधबारसम्म स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित गरिएको हो । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले एक महिनाअघि देखि संसद् अवरुद्ध पार्दे आएकोमा मंगलबार उच्चस्तरीय छानबिन आयोग गठनमा सहमति गरी संसद् सञ्चालन गर्ने तयारी थियो ।
तर छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा मंगलबार हस्ताक्षर नभएपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसक्ने भन्दै सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ ९३० बमोजिम बैठक बुधबार दिउँसो ३ बजेसम्मकालागि बैठक स्थगित गरेको जानकारी दिए ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७