

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर ९आईपीओ० मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन माग गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाएको हो ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशतले हुने १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँ बराबरको १४ लाख हजार १६२ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गर्ने स्वीकृति पाएको थियो ।
जसमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर अयोजना प्रभावित कास्कीका स्थानीयलाई निष्कासन गरिसकेको छ । कम्पनीले स्थानीयलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम सहित ११६ रुपैयाँ प्रतिकित्ताको आईपीओ निष्कासन खुला गरेको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७