

काठमाण्डौ । चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको वायुमास ओभलमा शुरु हुनेछ ।
शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
यो शृङ्खलाका लागि नेपालले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो । यसपछि नेपाली टोलीले आईसीसी विश्व कप एसिया छनोट खेल्नेछ । अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा यूएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।
समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । एसिया छनोटअघि थाइल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ । नेपाल र थाइल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७