

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । जुन गत बिहीबारको तुलनामा १.०८ प्रतिशतले घटेको हो ।
१ भदौदेखि लागू हुने निक्षेपको ब्याजदर अधिकांश बैंकले बढाउँदा लगानीकर्ता थप निराश भएका हुन् । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट भएको छ ।
नेप्सेमा आइतबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.२८ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि गिरावट हुँदै गएको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर डेढ अर्बबाट पनि तल झरेको हो । आइतबार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७