

भौगोलिक विविधतापूर्ण देश नेपालको हिमाल, पहाड र तराईका विभिन्न स्थान र समयमा विभिन्न प्राकृतिक प्रकोपहरूले ठूलो जनधनको क्षति भएको देखिन्छ । वर्षात्को समयसँगै आउने पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपले मुलुकको विभिन्न क्षेत्रमा वर्षेनि ठूलो जनधनको क्षति पुर्याउने गरेको छ । क्षतिको तथ्याङ्क हेर्दा बाढीबाट ज्यान गुमाउनेको संख्या प्रति वर्ष १०० बाट ओरालो लागे पनि भौतिक क्षतिमा कमि आएको देखिंदैन ।
जल तथा मौसम विज्ञान विभागले अघिल्लो आर्थिक वर्षमा १ करोड ३० लाख मानिसलाई पूर्व सूचना प्रणालीबाट एसएमएस अलर्ट पठाएको थियो । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनले निम्त्याएको छोटो समयमा हुने भीषण वर्षात्को कारणले हुने भूक्षय, भू स्खलन, बाढी तथा सुख्खा पहिरो आदिले पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेको छ ।
विगतका वर्षहरूमा भएका मनाङको आकस्मिक बाढी र ससाना वर्षामा आएको मेलम्चीको आकस्मिक बाढी यसका ज्वलन्त उदाहरण हुन् । करिब ४८ घण्टाको लगातार वर्षाको कारणले साउन २८ गते मुस्ताङ जिल्लाको कागबेनी स्थानको कागखोलामा आएको आकस्मिक बाढीले २९ पक्की भवन, ३ काठे पुल र निर्माण सम्पन्न हुन लागेको एक मोटरेबल पुल बगाएको समाचार हामी सबैले पढ्यौं, हेर्यौं ।
अत्यन्त दुःखलाग्दो यस्तो प्राकृतिक विपत्ति हुनुपूर्व नै सूचना दिन सकिएकोले मानवीय हताहती भने भएन । यद्यपि निर्माण सम्पन्न हुन लागेको मोटरेबल पुल बाढीमा बग्नाले तल्लो र उपल्लो मुस्ताङको भौगोलिक निकटता टुटेको छ ।
हिमाली क्षेत्रमा यस्तो ठूलो प्राकृतिक विपत्ति किन निम्तिन्छ रु यस्तो प्राकृतिक विपत्तिबाट कसरी जोगिन सकिन्छ रु यही विषयमा केन्द्रित रहेर यो आलेख तयार गरिएको हो ।
मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरबाट सुरु भई पूर्वबाट पश्चिमहुँदै बग्ने मुक्तिनाथ खोला र उत्तरबाट पश्चिम बग्ने झोङ्ग खोला एकआपसमा मिसिएपछि कागखोला सुरु हुन्छ । यो पूर्वबाट पश्चिमतर्फ बगेको छ ।
उत्तरबाट दक्षिणतर्फ बगेको कालीगण्डकी नदी हिन्दुहरूको पवित्र तीर्थस्थल कागबेनीमा मिसिन्छ । कागबेनी संगमस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा बाढीले छोडेको मैदान ९फ्लडप्लेन० को कागखोला पारिको क्षेत्रमा करिब ०।०७ वर्ग किमी भू(भाग र वारितर्फको करिब ०।३३ वर्ग किमी भूभागभित्र हालको कागबेनीको बस्ती र खेतीयोग्य क्षेत्र रहेको छ ।
कालीगण्डकी र कागखोलाको किनारामा अवस्थित कागबेनी बजारमा कुनै पनि समय बाढीको प्रकोपमा पर्न सक्ने जोखिम देखिन्छ । मानव बस्तीको बढ्दो विकास सँगसँगै समानान्तर भौतिक पूर्वाधार विकास र मानवीय सुविधाको लागि सडक संजाल निर्माण भएका छन् ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७