

म्याग्दी । गएको वर्ष २९ हजारभन्दा बढी पर्यटकले हिमाली जिल्ला म्याग्दीको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७९र०८० मा २९ हजार तीन सय २८ जना पर्यटकहरुले जिल्लाको भ्रमण गरेका हुन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसपछि गएकोवर्ष सबैभन्दा धेरै विदेशी पर्यटकहरुले भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
गएको वर्ष म्याग्दी जिल्लाको भ्रमणमा २२ हजार २१ जना विदेशी पर्यटकहरु भित्रिएका छन् भने सात हजार तीन सय सात जना पर्यटक भ्रमण गरेर बाहिरिएका छन् ।
तीमध्ये जिल्ला भित्रनेमा ११ हजार ७० जना पुरुष तथा १० हजार नौ सय ५१ जना महिला छन् । यसैगरी भ्रमण सकेर बाहिरिनेमा तीन हजार आठ ४२ जना पुरुष र तीन हजार चार सय ६५ जना महिला रहेको तथ्याङ्क छ ।
म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको सङ्ख्यामध्ये १४ हजार नौ सय १२ जना पुरुष छन् भने महिलातर्फ १४ हजार चार सय १६ जना रहेको प्रहरीले जनाएको छ ।
गएको वर्ष सबैभन्दा धेरै कात्तिक महिनामा पाँच हजार छ सय २० जना र सबैभन्दा कम असार महिनामा चार सय ९० जना विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७