

काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ ।
नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ । ‘अहिले नै मिति निश्चित भएको छैन तर सम्भवतः २३ तारिख टिमलाई पठाउने तयारी रहेको छ’, विशेष स्रोतले भन्यो ।
नेपाली टिमले एसिया कप अगाडि पाकिस्तानसँग केही अभ्यास खेल र तयारीका लागि टिमलाई १ हप्ताअघि नै पाकिस्तान पठाउने तयारी क्यानले गरेको हो एसिया कप आउँदो अगष्ट ३१ बाट सुरु हुँदैछ । जसमा पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपालका लागि क्यानले एसिया कपका लागि १७ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा रहेको सन्दीप लामिछानेका बलात्कार मुद्दाको पेसी सरेकाले उनी पाकिस्तान जाने नजाने अन्योल छ ।
एसिया कपका लागि नेपाली टोली
रोहितकुमार पौडेल कप्तान, कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७