

काठमाडौं । उचित मूल्य नपाएका कारण बेच्नै नसकिएको भन्दै गत असारमा सडकमा फालिएको गोलभेंडाको मूल्य यतिखेर एकाएक आकाशिएर किलोकै १ सय ७० रुपैयाँसम्म पुगेको छ । गत असार ३ गते १० रुपैयाँ किलोमा पनि विक्री नभएपछि किसानले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअगाडि सडकमा गोलभेंडा फालेर विरोध जनाएका थिए ।
मूल्य नपाएर किसानले सडकमै गोलभेंडा फालेको २ महीना पूरा नहुँदै छोइनसक्नु आकाशिनुको मूल्य मुख्य कारण भारत र नेपाल दुवैतिर गोलभेंडाको अफ सिजनु चल्नु हो । समितिको तथ्यांकअनुसार गत असार १ मा प्रतिकिलो १० रुपैयामा पनि नबिकेको टनेलको गोलभेंडाको थोक मूल्य अहिले ९ सय ३० प्रतिशतले बढेर १ सय ३ रुपैयाँ पुगेको छ ।
त्यसैगरी ठूलो नेपाली गोलभेंडाको मूल्य तीन सय ८५ प्रतिशतले बढेर ३५ रुपैयाँ किलोबाट १ सय ७० रुपैयाँ कायम भएको छ । गोलभेंडाको यो मूल्यवृद्धि पछिल्लो १ दशककै सबैभन्दा धेरै हो । असारमा ५ रुपैयाँ किलो मूल्य भएको सानो लोकल गोलभेंडालाई अहिले किलोको ७५ रुपैयाँ तिर्नुपर्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७