

काठमाडौँ । डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा पुगिसकेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो ।
कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको ईडीसीडीले जनाएको छ । डेंगीबाट हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ ।
सुनसरीमा डेंगी संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौँमा १९९ जना संक्रमित भइसकेका छन् ।
प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ ।त्यसैगरी वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।
स्वास्थ्यबाट थप समाचार
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७