

काठमाडौं । बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर बढेको छ । १२ वटा बाणिज्य बैंकको ब्याजदर बढेको छ ।
वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले भदौका लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् ।
केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । ४ बैंकले ब्याजदर घटाएका छन् भने ४ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
अहिले सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आइएमइ बैंक, एनआइसि एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंकको रहेको छ । यी बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०।८९६ प्रतिशत कायम गरेका छन् ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७