

धादिङ । जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी छ।
नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार महशुल तिर्न बाँकी छ। महशुल नतिर्ने एक हजार ७४८ जनाको विद्युत् लाइन काटिए पनि १७७ ग्राहकले अझैसम्म महशुल तिरेका छैनन्। १०३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ।
लाइन काटेपछि चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए। कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार असुल गर्न बाँकी छ। धादिङ शाखाले गत आर्थिक वर्ष २०७९र८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको प्रमुख न्यौपानेले बताए।
चोरी पनि उस्तै
धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन।
गत आवमा विद्युत् चोरी गर्ने २९४ जनालाई कारबाही गरिएको थियो। उनीहरूबाट १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उनले बताए।
अघिल्लो आवमा १२३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो। गत आवमा ११ करोड २२ लाख ९१ हजार ६०९ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड रकम संकलन भएको प्राधिकरणले जनाएको छ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७