

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी नहुने भएकाले गरिएको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ ।
मंगलबार नेकपा एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताए । उनले आफ्नो प्रधानमन्त्रीकालमा प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने पनि जिकिर गरेका छन् । त्यसबेला आफूहरुलाई ुझुण्ड्याएर मार्ने डोरीु बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएकोु दाबी गरे ।
साथै उनले प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको भन्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरेका छन् ।
नेता ओलीले भनेका छन्, ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्यौं । विघटन गर्यौं । हामीले ठिक ठानेर गर्यौं । ठिक भनेर गर्यौं । ठिक थियो र गर्यौं । नगरी नहुने थियो र गर्यौं । बिल्कुलै समसामयिक कदम चाल्यौं । होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो ।
ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं । पुस ५ गतेको कदम भनेको त्यही हो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७