TRENDING

‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुन ६० किलो ७८९ ग्राम मात्रै

काठमाडौ । मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो ७८९ ग्राम फेला परेको छ ।

ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो ७८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थ समेत मिसिएकाले प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए ।

उनका अनुसार मंगलवार बिहान १०ः३० बजेदेखि भने गाल्ने काम शुरू हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए ।

महाशाखा प्रमुख आचार्यले १ दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा ३ दिन लाग्ने बताए । उनले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया शुरू भएको बताए ।

राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो ।

मुख्य समाचारबाट थप समाचार