

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।
२०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र संसदीय दल नेता प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यसबीचमा प्रधानमन्त्री दाहालले गठबन्धनसमेत परिवर्तन गरेका थिए।
पुसमा नेकपा एमाले, रास्वपा र राप्रपासहित दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल राष्ट्रपति निर्वाचनका बेला गत फागुनमा त्यो गठबन्धन छाडेर नेपाली कांग्रेससहित चुनावकै बेलाको गठबन्धनमा फर्केका थिए।
प्रधानमन्त्री दाहालले २०७९ पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६, चैत १७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।
त्यस्तै २०८० वैशाख ३, वैशाख २१, वैशाख २४, जेठ ९ र साउन २९ मा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठन गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तथ्यांकले देखाउँछ।
पछिल्लो पटक प्रधानमन्त्री दाहालले जनमत पार्टीकी सांसद अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका हुन्।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७