

काठमाडौ । भारतमा गोलभेंडाको आकासिंदो मूल्य कम गर्न मद्दत गर्नेगरी ठूलो परिमाणमा गोलभेंडा भारत निर्यात गर्ने इच्छा नेपालले प्रकट गरेको छ । तर यसका लागि नेपालले बजारसम्मको सहज पहुँचका साथै अन्य आवश्यक सुविधाहरुको माग गरेको छ ।
भारतीय वित्तमन्त्री निर्मला सितारमणले भारी वर्षाका कारण भारतमा गोलभेंडाको मूल्य कीर्तिमानी उच्च विन्दुमा पुगेपछि नेपालबाट आयात सुरु गरिएको बताएकी छिन् ।
भारतमा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो २४२ भारुसम्म पुगेको छ र भारतले इतिहासमै पहिलोपटक गोलभेंडा आयात गरिरहेको छ ।
भारतले भलै नेपालबाट गोलभेंडा आयात गरिरहेको छ, तर ऊ गोलभेंडा उत्पादन गर्ने विश्वकै दोस्रो ठूलो देश हो । यस्तो प्रश्न उठ्छ कि के नेपाल भारतको गोलभेंडाको माग धान्न सक्षम छ त रु
नेपालमा गोलभेंडाको उत्पादन पर्याप्त मात्रामा हुन्छ, खासगरी काठमाडौं उपत्यकामा । जसमा काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्ला पर्दछन् । यदि मौसम अनुकुल भएमा यी क्षेत्रमा उत्पादित गोलभेंडा स्थानीय माग पूरा गरेर निर्यात गर्नसमेत पुग्दछ ।
यद्यपि नेपालमै पछिल्लो समयमा गोलभेंडाको मूल्यमा उतारचढाव आएको छ । केही महिनाअघि मागमा कमी र न्यून मूल्यका कारण ६०र७० हजार किलोग्राम गोलभेंडा सडकमा फ्याँकिएको थियो ।
भारतसँगको व्यापारका लागि इच्छुक नेपाल
अहिले नेपालमै गोलभेंडाको मूल्य सस्तो छैन । किनकि व्यापारीहरुले अनौपचारिक अनौपचारिक च्यानलबाट भारतमा गोलभेंडाको निर्यात सुरु गरेका छन् । जसका कारण अहिले नेपालमा गोलभेंडाको आपूर्तिमा कमी आयो र माग बढेको छ ।
कृषि मन्त्रालयका अनुसार नेपालमा २२ हजार ६ सय हेक्टरमा गोलभेंडा खेती हुने गरेको छ र वार्षिक चार लाख ३२ हजार टनभन्दा धेरै गोलभेंडा त्पादन हुन्छ ।
कृषि मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार नेपाल दीर्घकालीन रुपमा भारतमा गोलभेंडा लगायतका तरकारीहरु निर्यात गर्न इच्छुक छ, तथापि यसका लागि भारतले आफ्नो बजारसम्मको सहज पहुँच र अन्य आवश्यक सुविधाहरु प्रदान गर्नु आवश्यक छ ।
यी हुन् सर्वाधिक गोलभेंडा उत्पादन गर्ने ५ देश
द साइन्स एग्रीकल्चरका अनुसार सन् २०२१ मा विश्वमा १८ करोड ९१ लाख टनभन्दा धेरै गोलभेंडा उत्पादन भयो । जसमध्ये ६ करोड ७५ लाख टन उत्पादन गरेर चीन विश्वमा सर्वाधिक गोलभेंडा उत्पादन गर्ने मुलुक बनेको छ ।
दोस्रो स्थानमा रहेको भारतले एक वर्षमा दुई करोड ११ लाख ८१ हजार टन गोलभेंडा उत्पादन गरेको छ । त्यस्तै तेस्रो स्थानको टर्कीले उक करोड ३० लाख टन तथा चौथो स्थानको अमेरिकाले एक करोड चार लाख ७५ हजार टन गोलभेंडा उत्पादन गरेको छ ।
पाँचौ स्थानको इटालीले सन् २०२१ मा ६६ लाख ४४ हजार टन गोलभेंडा उत्पादन गर्दा छैटौँ स्थानको इजिप्टले ६२ लाख ४५ हजार टन र सातौं स्थानको स्पेनले ४७ लाख ५४ हजार टन गोलभेंडा उत्पादन गरेका छन् ।
त्यसैगरी वार्षिक ४१ लाख ४९ हजार टन गोलभेंडा फलाएर मेक्सिको आठौं स्थानमा छ भने नवौं स्थानको ब्राजिलले ३६लाख ७९ हजार टन गोलभेंडा उब्जाउँदा दशौं स्थानमा रहेको नाइजेरियाले ३५ लाख ७५ हजार टन गोलभेंडा उत्पादन गरेको छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७