TRENDING

कागबेनीमा बाढीको वितण्डा,प्रहरी चौकीसहित ३१ घर बगायो

काठमाडौ । कागबेनीमा बाढीको वितण्डा,प्रहरी चौकीसहित ३१ घर बगायो

मुस्ताङको कागखोलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार लगातारको वर्षापछि बेलुकादेखि कागखोलामा लेदोसहित आएको बाढीले कागबेनीका ३१ घर पूर्ण क्षति भएका छन्।

बाढीले इलाका प्रहरी कार्यालय कागखोलाको भवन र विभिन्न संस्थाका भवन लगायत बगाएका छन्।

त्यस्तै जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको सिडिओ केसीले जानकारी दिए।

पक्की पुल बगाउँदा अपर मुस्ताङसँगको सम्पर्क टुटेको उनले बताए। मानिसहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएका कारण मानवीय क्षति हुन नपाएको उनले बताए।

बाढका कारण १५र२० घरको एक तलासम्म लेदोले भरिएका छन् भने १२र१५ घर उच्च जोखिममा रहेको सिडिओ केसीले जानकारी दिए।

मुख्य समाचारबाट थप समाचार