

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र अन्यबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै थ्री स्टार र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा माउन्टेन इनर्जी नेपाल कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रीको शेयर १० प्रतिशतले ओरालो लागेको छ ।
आज दुई सय ७१ वटा कम्पनीका ९७ लाख १८ हजार कित्ता शेयर किनबेच भएका छन् । ९५ हजार नौ सय वटा कारोबारमा तीन अर्ब एक करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको शेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७