TRENDING

कपनमा चल्यो डोजर

काठमाडौँ । कपनमा डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमति भएको छ । सहमतिसँग काठमाडौँ महानगरपालिकाले कपनमा डोजर चलाएको हो ।

नापी कार्यालय चाबहिलमा शुक्रबार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र १२ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्ने सम्बन्धमा छलफल भएको थियो । सो क्रममा वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ड नगरपालिका १० र १२ का वडा अध्यक्षबीच

धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ ।

यस्तै धोबिखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो र साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरपालिकाले पुल निर्माण गर्ने सहमति भएको छ ।

मुख्य समाचारबाट थप समाचार