TRENDING

सोमवारसम्म झरीको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

मुख्य समाचारबाट थप समाचार