

एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तमा आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएअनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पुर्याएको छ।
शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ। योसँगै प्रान्तले ९५।८१ बिलियन युआन ९लगभग १३।३८ बिलियन अमेरिकी डलर० को प्रत्यक्ष आर्थिक क्षति बेहोरेको बताइएको छ।
साथै प्रकोप सृजित क्षतिको समग्र मूल्याङ्कन र प्रमाणीकरण कार्य भइरहेको पनि बताइएको छ।
बिहीबारसम्म बाढीबाट करिब ३० लाख ८९ हजार मानिस प्रभावित भएका छन्। साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतियोग्य भूमिमा क्षति पुगेको छ।
प्रकोपबाट ४० हजार ९०० घरहरू भत्किएका छन् भने १,५५,५०० घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। शिशु शिक्षालयसहित १ हजार १ सय ५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७