TRENDING
होमपेज
स्पेनको जनसंख्या ४ करोड ८३ लाख, करिब एक करोड आप्रवासी


काठमाडौं । स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुगेको छ । यो हालसम्मकै उच्च हो ।
२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका हुन् । जनसंख्या उच्च हुनुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयको अध्ययनले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार स्पेनमा विदेशी भूमिमा जन्मिएका बासिन्दाको संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।
स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यवहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७