TRENDING

राष्ट्रिय सभा बैठकमा पनि एमालेको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले राष्ट्रिय सभाको बुधबारको बैठक पनि अवरुद्ध गरेको छ । एमालेका सांसदहरूले राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा प्रवेश गर्ने क्रममा सिटबाट उभिएर अवरुद्ध गरेका हुन् ।

राष्ट्रिय सभामा सांसदहरू सिटबाट उभिएपछि कार्यसूची अगाडि नबढाउने अभ्यास छ । एमालेले बुधबार प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो । प्रतिनिधिसभामा भने एमालेका सांसदहरू वेलमा गएर नाराबाजी गरेका थिए ।