

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने करीब एक सय जना घाइते भएका छन्।
कराँचीबाट रावलपिण्डीतर्फ गइरहेको हजारा एक्सप्रेसका १० वटा डब्बा नवाबशाह जिल्लाको सहारा रेलवे स्टेशननजिकै लिकबाट तल खस्दा उक्त दुर्घटना भएको रेडियो पाकिस्तानले जनाएको छ। दुर्घटनास्थल कराँचीबाट करीब २ सय ७५ किलोमिटरको दुरीमा रहेको जनाइएको छ।
घाइते यात्रुहरुलाई नवाबशाह जिल्लास्थित पिपुल्स मेडिकल कलेजमा लगिएको जनाइएको छ। घटनापछि सिन्ध प्रान्तभित्र आवतजावत गर्ने रेल सेवा स्थगन गरिएको छ । रेल सेवा पुनस्संचालनमा ल्याउन १८ घण्टासम्म लाग्न सक्ने अधिकारीहरुले जनाएका छन्।
१७ वटा डब्बा भएको उक्त रेलमा क्षमताभन्दा बढी यात्रु रहेको जनाइएको छ। रेलमा इकोनोमी क्लासमा ९५० र वातानुकुलित क्लासमा ७२ गरी एक हजार २२ यात्रु बस्ने क्षमता रहेको थियो। रेल दुर्घटनाको कारण अझै नखुलेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७