TRENDING

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।

राष्ट्रियसभाको बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरे । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे ।

शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित गरियो ।

सुन प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।