TRENDING

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो÷चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । आज आइतवार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।

’ उहाँले वर्तमान सरकार सधैँ छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।