

काठमाडौ । अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छौँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ ।
किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएको छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार चामलको मूल्य बढ्ने कारण भनेको धान किनेर राखेपछि घुनपुत्ला लाग्छ, सुकेर भुस सातरआठ प्रतिशत जान्छ भन्ने छ । केही हदसम्म किरा लाग्छ । बैंकको ब्याज पनि बढिरहेको हुन्छ ।
अर्को भनेको ढुवानी खर्च पनि बढी छ । त्यो भनेको नेपालगञ्जको धान विराटनगर गयो, अनि विराटनगरमा कुटेर प्याक गरेर काठमाण्डौ पुर्यायो भने ढुवानी खर्च बढी लाग्ने हो । यसो गर्दा दोहोरो ढुवानी खर्च लाग्यो । अहिले ढुवानीमा पनि भ्याट लाग्ने गरेको छ । यो व्यवसायीहरूको कुरा भयो । यतातिर नजाउँ । यी तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ ।
अर्को कुरा, सरकारले बजार हस्तक्षेप गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनको आठ वटा बिक्री केन्द्रबाट काठमाण्डौ उपत्यकाभित्र सुपथ मूल्य पसलबाट चामल बिक्री गर्दैछ । यसको अर्थ मूल्यवृद्धि हुन नदिनका लागि सरकार निरन्तर लागिरहेको छ । अवाञ्छित रूपले मूल्यवृद्धि भएको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७