TRENDING

जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने

काठमाण्डौ । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा। सीके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादवले बताउनुभयो ।

बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ मिसन–८४ अभियान अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टीले आज शुक्रवार स्थानीय जनप्रतिनिधि सम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।