TRENDING
होमपेज
सुन चाँदीको भाउ आज पनि घट्यो


काठमाण्डौ । सुन चाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा एक लाख १२ हजार दुई सय र चाँदी तोलामा आज एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो बिहीवार पनि सुनको तोलाको छ सय र चाँदी तोलाको १५ रुपैयाँले घटेको थियो ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७